९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मध्यपुर थिमि वडाव्यापी फुटबलको तयारी पूरा


585
Shares

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा गर्दैछन् । आयोजकले सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेलाउने तयारी गरेको छ ।

कुल ३६ खेल हुने प्रतियोगितामा हरेक वडाका टोलीले ८ खेल खेल्ने प्रतियोगिताका लिग निर्देशक र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र ४ बीच दिउँसो तीन बजे प्रतिष्पर्धा हुने छ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुने छ ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यस्तै, प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्ने छ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।