२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उन्नत पाडी र बाच्छी हुर्काउने किसानलाई १० हजार रुपैयाँ


442
Shares

स्याङ्जा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ ।

एक पटक लिएका किसानले भने २ वर्षसम्म लिन नपाउने प्रावधान छ । यसवर्ष १५ लाख रुपैयाँ विनियोजन भएको र १५ जना किसानलाई उपलब्ध गराइने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी गोपाल गिरी बताउनुभयो ।

दूध तथा दुधजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले उन्नत जातका गाई, भैंसी पाल्ने किसानलाई प्रोत्साहन स्वरुप सरकारले यस्ता अभियान सञ्चालन गरेको कार्यालय प्रमुख डा. इन्द्रबहादुर भट्टले बताउनुभयो ।

किसानले पशु विमा गरेकालगायत आवश्यक प्रमाण पेश गरेपछि कार्यालयले सो रकम उपलब्ध गराउछ । गत वर्ष १० लाख विनियोजन भएको र ९५ जना किसानले प्रोत्साहन वापतको रकम लिएको बताइएको छ ।