१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


डिशहोमको ‘फेस्टिभ फाइबरनेट’ अफर


1.196k
Shares

काठमाडौं । डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ ।

फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

फेस्टिभ फाइबरनेट अफरले मात्र ८ सय ७० रुपैयाँ प्रतिमहिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रतिमहिना ५ सय ९५ रुपैयाँमा ७५ एमबीपीएस, ६ सय ८७ रुपैयाँमा १०० एमबीपीएस, ८ सय २४ रुपैयाँमा १५० एमबीपीएस र ९ सय १६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सकिनेछ । साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २ सय ५० रुपैयाँ प्रतिमहिनामा डिशहोम आईटिभीको सेवा पनि लिन पाउने कम्पनीले जनाएको छ ।