
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा सङगठन बनाउन आग्रह गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उहाँले फरकफरक सङगठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिनुभयो ।
आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताउनुभयो ।
उहाँले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्