७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीमा कुखुरा पालन व्यवसायप्रति कृषक आकर्षित


247
Shares

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा कुखुरा पालन व्यवसायप्रति कृषककाे आकर्षण बढ्दै गएकाे छ ।

केही समय यता सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, भिमान, कमलाखोच र मरिण क्षेत्रमा समेत व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय संचालन गर्न थालिएपछि व्यवसायीहरुले राम्रो आम्दानी गर्न थालेका हुन् । कामकाे खोजीमा विदेश पलायन हुने युवा जनशक्तिहरु समेत अहिले कुखुरा पालन पेशामा संलग्न भएर आयआर्जन गरी आत्मनिर्भर बन्न थालेका छन् ।

विदेशको तुलनामा नेपालमा गरिने अन्य पेशा भन्दा घर भित्रै सजिलैसँग बसेर कुखुराको स्याहार सुसार, औषधी उपचार तथा दाना पानी दिने काम कुखुरा पालन व्यवसायमा गर्न पाउँदा उनीहरु खुशी भएका छन् । विदेश गएर फर्केका युवाहरुले समेत कुखुरा पालन व्यवसायलाई सजिलो कमाईको हुने पेशाकाे रुपमा लिने गरेका छन् ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायत जिल्लाका विभिन्न स्थानहरुमा २ सय भन्दा बढीको संख्यामा व्यवसायिक कुखुरा पालन व्यवसाय फस्टाएको छ । सिन्धुलीमा व्यवसायिक कुखुरा पालन गर्न-गराउनका लागि भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र तथा केही स्थानीय गैर सरकारी संघ सस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरिदिएका छन् ।

जसका कारण कुखुरा पालन व्यवसायमा लाग्ने युवाहरु प्रोत्साहित बनेका हुन् । सिन्धुलीमा उत्पादन भएका बाेइलर कुखुराहरु ५० प्रतिशत जिल्लामै मासुमा खपत हुने गरेकाे छ । कुल ५० प्रतिशत कुखुराहरु काठमाडाैंका व्यपारीहरुले लैजाने गरको एक तथ्यांकले देखाएको छ ।