
नवलपरासी । सीमा सुरक्षाका लागि नवलपरासीमा खटिएको सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्तीलाई तीव्रता दिएको छ ।
चाडपर्व नजिकिएसँगै सशस्त्र प्रहरीले नेपाल प्रहरी र भारतीय अर्धसैनिक बल (एसएसबी) को संयुक्त गस्तीलाई तीव्रता दिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरका उपरीक्षक रुपकुमार क्षेत्रीले बताउनुभयो ।

गस्ती बढेसँगै सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रणमा पनि कमि आएको र जसका कारण राजस्व संकलनमा पनि वृद्धि भएको छ ।
सीमा सुरक्षाका लागि २६ नम्बर हेडक्वाटर मातहतका ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेका छन् ।

हेड क्वाटरसँगै मातहतका सबै युनिटले बिहानदेखि रातिसम्म गस्ती बढाएर सीमा क्षेत्रको सुरक्षा र चोरी निकासी एंव सम्भाव्य अपराधिक कृयाकलापमाथि निगरानी बढाउँदै आएको शसस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

नवलपरासी जिल्ला भारतको युपी र बिहार प्रदेशसँग जोडिएको छ ।‘ सीमा सुरक्षा र अन्य गतिविधिलाई निगरानी बढाउन समय समयमा दुई प्रदेशका भारतीय सुरक्षाकर्मीहरुसँग मिलेर संयुक्त गस्ती गर्दै आएको बताउनुभयो ।
‘सीमा सुरक्षा र अन्य गतिविधिलाई निगरानी बढाउन समय समयमा दुई प्रदेशका भारतीय सुरक्षाकर्मीहरुसँग मिलेर संयुक्त गस्ती गर्दै आएका छौं । यसले दुवै देशतर्फ हुने चोरी निकासीदेखि अपराधिक कृयाकलाप नियन्त्रणमा सहज भएको छ । ’ क्षेत्रीले भन्नुभयो ।

सीमा क्षेत्रमा पेट्रोलिङ र पैदल गस्ती बढाएपछि अहिले ६ महिनाको अवधिमा १ करोड ४७ लाख राजस्वसमेत संकलन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
चिनी, कपडा, मोबाइल, इलोक्ट्रोनिक सामान बरामदबाट उक्त राजस्व संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्