
सर्लाही । सर्लाहीकाे पूर्वपश्चिम राजमार्गमा खाल्डाका कारण सवारी संचालनमा समस्या भएको छ ।
सडकको अवस्था नाजुक भएका कारण सवारी दुर्घना हुने सम्भावाना समेत बढ्दै गएकाे हाे । साथै सवारी साधान समेत बिग्रने गरेका छन् । दशैं र तिहार नजिकिंदै गर्दा सवारी चाप समेत बढ्दै गएकाे छ । सर्लाहीको पूर्वीनाका बाँके खाेलादेखि बागमती खोलासम्मकाे बाटो जीर्ण भएको छ । बाटोमा भन्दा पुल धेरै जीर्ण भएकाले पुलामा लामाे जाम पर्ने गरेको छ ।
पुलकाे जीर्ण अवस्थाले गर्दा सवारी संचालन गर्न कठिन भएको सवारी चालक विनोद भन्डलले बताउनुभएकाे छ । सर्लाही र राैतहट खडक हेर्ने सडक डिभिजन कार्यालका अनुसार सर्लाहीको बाँकेदेखि राैतहटको भन्सासम्मको ५६ किलोमिटर क्षेत्रको बाटो मर्मत सम्भारलाई भनेर ठेक्का लगाइएको भएपनि पानी लगायतका विभिन्न कारणले समयमा काम सम्पन्न हुन नसकेको हाे ।
ठेकेदारले पाएको समय समेत सकिएकाले कामै नगर्ने ठेकेदारको ठेक्का समय थप्ने तयारी भइरहेको छ । ठेक्का लगाउँदा असार मसान्तसम्ममा काम सक्नेगरि ठेक्का लगाएको भएपनि समयमा काम नसकेकाले म्याद थप गर्नु परेको सडक डिभिजन कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्