
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य लामाे समयम्म टिक्ने दावी गर्नुभएकाे छ ।
शनिबार काठमाडौंमा आयोजना भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफूहरुको सहकार्य आगामी निर्वाचनसम्मका लागि मात्र नभएको बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेकाे समेत उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयाे,-‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन । त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ ।’ देशलाई समृद्धिको विकासको नयाँ मोडल बनाएको उहाँकाे तर्क छ । संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेकाे उहाँले बताउनुभयाे ।
तर ती दुवै व्यवहारतः सफल नभएको भन्दै अब फेरी भट्टराईसँग मिल्ने उहाँकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्