२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन


13
Shares

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे ।

उहाँहरूले गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ, ‘खल्तीबाट नियुक्ति नियम–कानून खै, उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनु पर्ने र माफियाको मिसन सिटामोलको कमिसन लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

डा. केसी १३ दिनदेखि अनशनरत हुनुहुन्छ । उहाँले कैलालीको धनगढीमा गत भदौ २७ गतेदेखि २० औं अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आफ्नै खर्चमा काठमाडौं फर्किनु भएको छ ।

अहिले अनशनकै क्रममा उहाँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।