
काठमाडौं । प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन खोपिने ट्याटु कला अहिले युवा पुस्ताका लागि फेसनको रुपमा आएको छ ।
विदेशको तुलनामा कम शुल्क लाग्ने भएकाले पनि विदेशीहरु नेपालमा ट्याटु बनाउन आउने गर्दछन् । ट्याटु एक प्रकारको कलाको चित्रण हो । खास गरी अहिले मानिसले सोख पूरा गर्नका लागि ट्याटु खोपाउने गरेको पाइन्छ ।
संस्कृतिका नाममा नेवार, तामाङ, थारु समुदायमा ट्याटु खोप्ने परम्परा रहँदै आएको छ । सियोको सहायताले शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन पुरानो हो । नेवार समुदायमा महिलाको खुट्टामा खोपिएको ट्याटुले शक्तिको संकेत गर्ने विश्वास छ । सानै उमेरमा ट्याटु खोप्दा रोग, दुःख तथा शत्रुले आक्रमण गर्न नसक्ने परम्परागत मान्यता छ । थारु समुदायमा भने विवाहित महिलाले मात्र ट्याटु खोप्ने चलन रहेको छ ।
यस समुदायमा फूल, कोठी, घाम, जुनका साथै आफ्नो तथा पति नाममा खोपाउने गरेको पाइन्छ । विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएको पाईन्छ । ग्राहकहरू गुगलमा सर्च गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन लिएर ट्याटु बनाउन आउने गरेका हुन्छन् । नेपालमा प्रायजसो विभिन्न सिन, आफ्नो जीवनसैली, भगवान, छोरा-छोरी, बाउ-आमाको नाम, फोटो चिनाउने ट्याटु बनाउने गरेको पाइन्छ ।
त्यसो त सौन्दर्यका लागि ट्याटु खोप्नेहरुको संख्या पनि उत्तिक्कै बढेको छ । पुतली, चराको प्वाँख, फूलको प्रतिकात्मक ट्याटु खोपाउनेहरु आउने गरेको ट्याटु कलाकार बताउँछन् । १८ वर्षदेखि ५० वर्षसम्मका महिला तथा पुरुष ट्याटुमा सौखिन देखिएका छन् । कतिपयले त जोखिम मोलेर भएपनि आँखा लगायतका संम्वेदनशील अंगहरुमा पनि ट्याटु बनाउने गरेको पाईन्छ । अहिले कपल ट्याटु, बेस्ट फ्रेन्ड ट्याटु लगायतका ट्याटुहरु पनि खोप्ने गरेको पाईन्छ ।
केही वर्षयता नेपालमा ट्याटु फस्टाइरहेको छ । सबै वर्ग र उमेर समूहका व्यक्तिले ट्याटु मन पराउने गरेका छन् । नेपालमा घण्टाको हिसाबमा तथा आर्टटिस्टको हिसाबमा शुल्क लिएर ट्याटु खोपिन्छ । नेपाली मात्र नभएर विदेशीहरु पनि ट्याटु खोप्न आएको पाईन्छ ।
विदेशको तुलनामा कम शुल्क लाग्ने भएकाले पनि विदेशीहरु नेपालमा ट्याटु बनाउन आउने गर्दछन्। ट्याटु एक प्रकारको कलाको चित्रण हो । मानिसको शरीरमा कोरिने कला हो, जसमा हरेक ट्याटुको छुट्टै कथा हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्