२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीमानले गरे श्रीमतीको हत्या


1.144k
Shares

अर्घाखाँची । श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शितगंगा नगरपालिका–३ खस्रकामा ५४ वर्षिय पिताम्बर भुसालले श्रीमतीको लोहोरोले हानेर हत्या गरेका हुन् ।

घरमा दुईजना बिच झगडा हुँदै जाँदा श्रीमानले मसाला पिस्ने लोहोराले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो ।

मृतकको पोष्टमाटम गर्नको लागि जिल्ला अस्पताल अर्घाखाँचीमामा पठाइएको छ ।