
काठमाडाैं । शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको छ ।
डेंगु संक्रमण भएपछि जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना हुनुभएको हो ।
संक्रमणसँगै उहाँलाई कमजोरी, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ । मुटुको समस्या पनि देखिएकोले उहाँलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जोशीको अवस्था चिन्ताजनक देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्