२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


१६ वर्षीया किशोरी बलात्कृत


299
Shares

मोरङ । मोरङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।