११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको ओलीकाे आरोप


65
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएकाे छ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएकाे हाे ।

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारीकाे धमाधम सरुवा गरी सरकारले आफू अनुकुलकाे वातावरण बनाइरहेकाे समेत आरोप लगाउनु भयाे ।

सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।