
सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन् । वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूको पहिलो रोजाईको याे बजार बन्न पुगेको छ।
खनियाखर्कमा स्थानीय उत्पादनहरू जुनार, सुन्तला, नास्पाती, काँक्रो, साग, आँप, अम्बा, खुर्सानी, मुला, ओखर र खदुवा जस्ता विभिन्न किसिमका स्थानीय अचारहरू खुद्रे व्यापारीहरूले समेत दैनिक रुपमा आफ्ना सामग्रीहरु यात्रु ग्राहकहरुलाई बिक्री वितरण गरेका छन् ।
वीपी राजमार्ग राजधानी काठमाडौंबाट पूर्वीतराईका जिल्लाहरू जोडने सबै भन्दा छोटो दूरीको राजमार्ग भएकाे हाे । सोही राजमार्गबाट आवतजावत गर्ने यात्रुहरू सिन्धुलीको खनियाखर्क बजारमा आफ्ना नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरू रोकेर महाभारत पहाडको अवलोकन गरेर आनन्द लिने गरेका हुन्छन् । जसका कारण सोही बजारको महत्व दैनिक रुपमा बढेर गएको देखिएको छ ।
खनियाखर्क बजार क्षेत्रमा सिन्धुलीगढी आपासको महाभारत पहाडको चिसो हावापानी र गौरी शंकर हिमाल लगायतका अन्य हिमाल र पहाडहरूको मनोरम दृश्य देखिन्छ । खनियाखर्क आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्रको रूपमा समेत विकास हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्