
काठमाडाैँ । राजनीतिक दलहरुले निर्वाचन आयोगले अघि सारेका कतिपय निर्वाचन आचारसंहिताप्रति असहमति जनाएका छन् ।
आइतबार निर्वाचन आयोगमा प्रधानमन्त्री शेरवहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत उपस्थित छलफलका क्रममा दलहरुले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने, चुनाव प्रचारको अवधि र चुनाव खर्चको विषयमा असहमति जनाएका हुन ।
सत्तारुढ दलका प्रतिनिधिहरुले ती बुँदामा संशोधन गर्न भनेको तर निर्वाचन आचारसंहिता कार्यान्वयनमा भने सबै राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो ।
आयोगले समेत राजनीतिक दलहरुको सुझाव अनुसार कतिपय प्रावधानहरु परिवर्तन गर्न आयोग तयार रहेको बताएको छ ।
आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने चुनावी खर्चबारे छलफल गर्न मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसके पनि कहिलेबाट लागू गर्ने भन्ने विषयमा आयोगले जानकारी गराएको छैन ।
प्रतिक्रिया दिनुहोस्