२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


श्रीलंकाले विषयविज्ञलाई समेट्न नसक्दा आर्थिक संकट व्यहोर्नुपर्यो : वाग्ले


91
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा विषयविज्ञ समूहको पृष्ठपोषण गर्न जरुरी रहेको बताउनुभएको छ ।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानी नोक्शानी हुनेमा पनि विषयविज्ञ समूहले पूर्ण जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले श्रीलंकाले विषयविज्ञहरुलाई समेट्न नसक्दा नै आर्थिक संकट व्यहोरिरहेको बताउनुभयो ।

पूर्व उपाध्यक्ष वाग्लेले श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताउनुभयो । उहाँले नेपालले पनि विषयविज्ञहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताउनुभयो ।

पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।