२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाडा इभी अटो शो सकियो


273
Shares

काठमाडौं । नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहुँचभन्दा बाहिर रहेको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलो पटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले सवारी साधनको मूल्य पहुँच बाहिर रहेको गुनासो गरेका हुन् ।

शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्‍याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थापन गर्ने उदेश्य भएपनि सार्वसाधारणको पहुँच भन्दा माथि मूल्य भएको सर्वसाधारणले गुनासो गरेका छन् ।

प्रदूषण कम गर्न र पेट्रोलिय पदार्थको विकल्प खोज्नुपर्ने अवस्था भएपनि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य आफुहरुले सोचेको भन्दा बढी भएको सहभागीहरुले बताएका छन् । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य न्युनतम २ लाख ५० हजारदेखि ६ लाख भन्दा माथिसम्म पर्ने भएकाले मूल्य अधिक भएको उनीहरुको गुनासो रहेको छ ।

त्यस्तै, अर्का शो अवलोकन कर्ता सञ्जय श्रेष्ठले सञ्चालन लागतको हिसावले विद्युतीय सवारी सस्तो हुने देखिएपनि खरिद मूल्य भने महँगो पाइएको बताउनुभयो ।

यता नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाले स्वयम आफँैलाई पनि पेट्रोलियको तुलनामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य महँगो महशुस हुने गरेको बताउनुभयो । उहाँले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्याट्री महँगो भएको कारण महँगो भएको बताउनुभयो ।

अध्यक्ष थापाले दुई पाङ्ग्रे सवारी साधनमा त्यस्तो भएपनि चार पाङ्ग्रे विद्युतीय सवारी साधनमा त्यस्तो नभएको बताउनुभयो । उहाँले विदेशमा हेरी नेपालमा विद्युतीय सवारी साधनको मूल्य कम रहेको दाबी गर्नुभयो । अध्यक्ष थापाले विद्युतीय सवारी साधनको मूल्य कम गर्नकालागि सरकारले किलोवाटमा नभएर भन्सार दर खरिद गरेको मूल्यको आधारमा लागू गर्नुपर्ने बताउनुभयो ।

गत असोज ६ गते बिहीवारदेखि सुरु भएको शो उत्साहजनक रुपमा सकिएको आयोजकले बताएका छन् । चार दिनसम्म चलेको शोमा २५ हजार भन्दा बढी अवलोकनकर्ताहले अवलोकन गरेको नाडाले जनाएको छ ।