१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन


0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले व्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

व्याजदर बढेर समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन भएको अर्थमन्त्रीको सचिवालयले जनाएको हो ।

आइतबार सरोकारवाला पक्षसँगको छलफलपछि मन्त्रालका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको सचिवालयले जनाएको छ ।

व्यवसायीहरुले बैंकको ब्याजदर अत्याधिक वृद्धि हुँदा समस्या भएको भन्दै ब्याजदरमा राहतको माग गरेपछि के गर्न सकिन्छ भनेर अध्ययन समिति गठन गरिएको जनाइएको छ ।

समितिमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, आपूर्ति मन्त्रालय, निजी क्षेत्रका तीनै वटा छाता संगठन महासंघ, परिसंघ र चेम्बरका समेत प्रतिनिधि रहने जनाइएको छ ।

समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव रहने जनाइएको छ । समितिलाई ७ दिनभित्र सुुझाब बुझाउन निर्देशन दिइएको छ ।