
बैतडी । बैतडीमा अवरुद्ध भएकाे विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ ।
विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आपछि बन्द भएको हो ।
केन्द्रबाटै उक्त समस्या समाधान गरेपछि विद्युतीय राहदानी सेवा सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि गत असारमा पनि साेही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।
बैतडीमा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्