२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ओखलढुंगामा शिक्षककाे हत्या अभियोगमा एक युवती पक्राउ


1.066k
Shares

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ को कालीका आधारभूत विद्यालयका शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले एक युवती पक्राउ गरेको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका-८ घर भएकी २२ वर्षीय छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ७ गते शिक्षक ठाकुर भाडाको कोठामा मृत फेला परेका थिए । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी नायव उपरीक्षक शुकदेव खनालको कमाण्डमा गएको टोलीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका आधारमा धमलालाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । मानवीय तथा प्राविधिक विश्लेषणका आधारमा प्रहरीले गरेको अनुसन्धानबाट कुटपिट तथा नाक, मुख, घाटीमा गम्छाले बाँधेर र मुखमा सिरानीले थिचेर हत्या भएको खुलेको छ ।

धमलाविरुद्ध कर्तव्य ज्यान अन्तर्गत जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।