२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीका बैंकद्वारा ९ करोड नयाँ नोट वितरण


689
Shares

सिन्धुली । सिन्धुलीका राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूले दशैं र तिहारका लागि करिब ९ करोड नयाँ नोट ग्राहकहरूलाई वितरण गरेका छन् ।

दशैंका लागि राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय सिन्धुलीले राष्ट्र बैंकबाट ३ करोड नयाँ नोट झिकाई सिन्धुलीमाडी, भिमा र मरिण शाखाबाट समेत वितरण गरिरहेको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र अन्य निजि बैंकहरूमा नयाँ नोट आएसँगै दशैंका लागि नयाँ नोट साट्ने मानिसको भीड लागेको छ ।

बैकहरूले प्राथमिकता दिएर ठूला व्यवसायी तथा ग्राहकलाई नयाँ नोट वितरण गरिरहेका छन् । सेवाग्राहीहरूले ४/५ घण्टासम्म लाइनमा उभिएर बैंकहरूबाट नयाँ नोट साटिरहेका छन् । सिन्धुलीका सबै बैैंकले दशैंका लागि सर्वसाधरणले नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाे थियाे ।

साेही अनुसार करिब २ करोड भन्दा बढी नयाँ नोट साटेर सकेको जनाइएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १ सय रुपैयाँका दरका नयाँ नोट साट्न प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिरहेको छ ।

सिन्धुलीमाडीमा विभिन्न सरकारी तथा प्राइभेट बैंकहरूले गैसरकारी संघसंस्थालाई भने संस्थाको कर्मचारी तथा माग गरे अनुसारको नयाँ नोट वितरण गरेको छ । सिन्धुलीमा एक दर्जन भन्दा बढीको नीजि बैंकहरूले आफ्ना ग्राहकहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गरिरहेका छन् ।