२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एमाले नेता यादवद्वारा पार्टी परित्याग


1.196k
Shares

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ ।

एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गरी नेता यादवले आफ्नो वर्षौको पार्टीप्रतिको लगानीलाई अवमूल्यन गरी उमाशंकरलाई टिकट दिन लागेकोमा दु:खी नभए पनि चुनाव लड्न पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नो राजनीतिक शुरुवात एमाले पार्टीबाटै शुरुआत गरेका नेता यादव हालसम्म एमालेमै आवद्ध हुनुहुन्थ्यो ।