
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा सोमबार आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो ।
मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उहाँले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गर्नुभयो ।
तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उहाँले बताउनुभयो ।
सबै ग्रामीण क्षेत्रमा सडक पुर्याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उहाँले बताउनुभयो ।
खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उहाँले बताउनुभयो । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्