
बारा । बाराको जितपुर सिमरा उपमहानगरको औराह र सिमरामा दुई अस्पतालको निर्माण कार्य सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सोमबार सिमरा आँखा अस्पताल र सिमरा अस्पतालको शिल्यान्यास गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालय र उपमहानगरको २१ करोडको संयुक्त लगानीमा आगामी २०८१ असारभित्र सम्पन्न हुने गरी एसपिसी कन्ट्रक्सन बुद्धनगर काठमाडौंले सिमरा अस्पताललको निर्माण थालेको छ भने औराह आँखा अस्पतालमा नेपाल आँखा अस्पताललगायत दातृ निकायको सहयोगमा निर्माण गरीने भएको छ ।
दुवै अस्पतालको शिल्यान्यासपछि मन्त्री खापुङले सरकारले सिमरा अस्पतालमा सेवा दिन दक्ष जनशक्ति स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने गरी सरकारले तत्काल निर्णय गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्