४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ


169
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ ।

उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्नुभयो ।

संगठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गर्नुभयो । उहाँले आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो ।

उक्त क्षेत्रबाट लामो समयदेखि आफूले राजनीतिलाई अगाडि बढाउँदै आएको बताउनुभयो । आफ्नो कार्यकालमा सो क्षेत्रमा विकासको जनलहर सिर्जना गरेको दाबी गर्दै श्रेष्ठले विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उल्लेख गर्नुभयो ।