१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओखलढुंगामा म्यादी प्रहरीका लागि ८९२ जनाले आवेदन दिए


247
Shares

ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनका लागि म्यादी प्रहरीमा ओखलढुंगाका ८ सय ९२ जनाले आवेदन दिएका छन् ।

६ सय ४८ जना पुरुष र २ सय ४४ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हाे । यहि असोज १४ गतेसम्म स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीकाे परीक्षा सञ्चालन गरी म्यादी प्रहरीमा छनोट गरिसक्ने प्रहरीको तयारी रहेकाे छ ।

स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पूर्वसुरक्षाकर्मीले भने स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीकाे परीक्षा सञ्चालन गर्नु नपर्ने प्रहरीको भनाइ छ । जिल्लामा कति संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भन्ने विषयमा भने यकिन भइसकेको छैन् ।

निर्वाचन केन्द्रका आधारमा करिब ७ सय बढी संख्यामा म्यादी प्रहरी आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।