१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा मुसहर समुदायकाे उत्थानका लागि अभियान संचालन


156
Shares

सिन्धुली । सिन्धुलीमा मुसहर समुदायकाे उत्थानका लागि अभियान संचालन गरिएकाे छ ।

आर्थिक तथा सामाजिक रुपमा अग्रसर गराउने उदेश्यले सिन्धुलीको कमलाखोंच क्षेत्रका दुधौंली, हर्षाही र टांडी लगायतका विभिन्न स्थानहरुमा कष्टपूर्ण रुपमा जीवनयापन गरिरहेका मुसहर समुदायकाे उत्थानको अभियान संचालन गरिएको हाे ।आफ्नो कुनै नीजि सम्पति नभएका मुसहर समुदायलाई वर्षैभरी ज्याला गरेर जीवन निर्वाह गर्ने र शिक्षा स्वास्थ्यमा समेत पछाडि परेकाे मानिन्छन् ।

प्रायः जसो चुरेभावर क्षेत्रको काक्षमा स्याउलाले बारेको भूसको छानो मुनी बसोबास गर्दै आएका मुसहरहरुको जीवनयापन अत्यन्त कष्टकर भएको अस्थामा सरकारी निकायले भने ध्यान दिन थालेको हो। मुसहर समुदायकाेको व्यवस्थित बसोबासका लागि बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा दुधौली नगरपालिकाका विभिन्न मुसहर बस्तीहरुमा घर आवास निर्माण गरी व्यवस्थित बासको व्यवस्था गरिदिएपछि उनीहरु खुशी भएका छन् ।

सिन्धुली जिल्लाकै पिछडिएको लाेपोन्मुख मुसहर समुदायको उत्थानका लागि सिप र ज्ञानको माध्यमबाट आर्थिक आयआर्जनको क्षेत्रका क्रियाशील गराउन समेत स्थानीय निकाय र बागमती प्रदेश सरकारले विभिन्न योजनाहरु अघि सारेको जनाइएकाे छ । सरकारको पछिल्लो जनगणनाको तथ्यांक अनुसार सिन्धुलीका विभिन्न भू–भागमा कुल ७ सयको संख्यामा मुसहर समुदायका मानिस रहेका छन् ।