१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कार मुद्दामा जेल सजाय भोगेकालाई पूर्वप्रधामन्त्रीले गरे भव्य स्वागत


75.101k
Shares

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई आफ्नै निवासमा भव्य स्वागत गर्नुभएकाे छ।

पाँच वर्ष जेल जीवन विताएका धादिङ ज्वालामुखि गाउँपालिका–२ का लालबाहादुर कार्कीलाई अध्यक्ष ओलीले आफ्नै निवासमा बोलाएर सोमबार स्वागत गर्नुभएकाे हाे ।

कार्की स्थानीय एक बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा पाँच वर्ष जेल जीवन विताएर निस्केका व्यक्ति हुन् । जिल्ला कारागार धदिङकाे अभिलेखमा कार्कीले पाँच वर्ष जेल जीवन विताएकाे उल्लेख रहेकाे एक प्रहरी अधिकृतले बताउनुभयाे

बलात्कार अभियोगमा पक्राउ पर्दा उनी माओवादीमा नेता थिए । त्यतिबेला माओवादी नेताहरुले उनलाई जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।