
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपाल कानून समाजले मंगलबार काठमाडौंमा गरेको ‘संघीय संसदको पाँच वर्षे प्रतिवेदन’माथिको छलफलमा उहाँले यस्तो धारणा राख्नु भएको हो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूत गर्नेगरी कानून निर्माण गर्न नसकेको बताउनुभयो । श्रेष्ठले सांसदहरुको मूल काम कानून निर्माण गर्ने भएकाले यसैमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई गैर संसदीय प्रक्रियामा लैजाने काम नगर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्