३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष अग्रवाल


13
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा परिसंघको पर्यटन परिषद्ले गरेको नयाँ पर्यटकीय सम्भावना सम्बन्धी छलफलमा अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

परिसंघका उपाध्यक्ष एवं पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताउनुभयो ।

नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यवसायीलाई नयाँ गन्तव्य खोज्न, नयाँ प्रडक्ट, प्याकेज ल्याउन उत्साह मिल्ने उहाँले बताउनुभयो ।