
इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने क्रममा वार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँगको समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
ईलाममा व्यवसायिक कृषि उपज उत्पादन र पशुपालन हुने भएकाले अर्गानिक उत्पादन गर्ने तर्फ ध्यान दिँदै कार्यक्रमहरु प्रस्ताव गर्न मन्त्री मगरले निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्