
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ ।
नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिनुभयो । पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते हुने छ ।
नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका छ । नवौं राष्ट्रिय खेलकुदको लागि सोमवारसम्म करिव ५५ सय खेलाडी दर्ता भएको उहाँले बताउनुभयो ।
२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन । हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भएपनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो । ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन् ।
नवौंका प्रतिष्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्