२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु


507
Shares

काठमाडौं । बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते हुनुभएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार घरमै उहाँको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।