१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगाका ६ स्थानीय तहको प्रशासकीय भवनकाे निर्माण कार्य अन्योलमा


39
Shares

ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणको काम अन्योलमा परेकाे छ ।

ठेक्का प्रक्रियामा जानु अगाडि नै विभिन्न विवाद निस्किएपछि लामो समयदेखि भवन निर्माणको काम अन्योल भएको हो । जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाले मात्रै प्रशासकीय भवन निर्माण गरिरहेका छन् । चिशंखुगढी र लिखु गाउँपालिकाको भवन निर्माण गर्ने जग्गा अपायक भएको भन्दै स्थानीयले अदालती बाटो रोजेपछि ठेक्काको चरणमा पुगेको काम अन्योल भएको छ ।

जिल्लाका अन्य ४ वटा स्थानीय तहले पनि भवन निर्माणको सुरसार नै गरेका छैनन् । उनीहरुले उपयुक्त जग्गा नभेटिएको र जग्गामा विवाद भएको लगायतका समस्या देखाउँदै भवन निर्माणको काम आलटाल गरिरहेका छन् । भवन निर्माण नहुँदा यहाँका अधिकांश स्थानीय तहले पुराना गाविस भवन, कृषि सेवा केन्द्र भवन र अस्थायी टहरा निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् ।

साँघुरो कोठाबाट स्थानीय तहले सेवा दिदा सेवा प्रभावित हुने गरेको छ ।