५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अर्घाखाँचीमा भरुवा बन्दुकसहित २ जना पक्राउ


195
Shares

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नम्बर १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय फर्सुराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।

उनीहरुको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको उहाँले बताउनुभयाे। दुवै जनालाई हातहतियार-खरखजनाको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको समेत उहाँले बताउनुभयाे ।