
काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् ।
दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे।
चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेकाे सूचनाकाे आधारमा अधिकारीलाई मंगलबार सोही स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्