
एजेन्सी । भारतीय राजनीतिज्ञ तथा अभिनेता रवि किशन ठगीको शिकार भएका छन् ।
भारतको मुम्बईका एक व्यापारीले रविसँग ३ कराेड २५ लाख भारतीय रुपैयाँ लिएका थिए । रविले ती व्यापारी जैन जितेन्द्र रमेशविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनीमाथि रविको पैसा फिर्ता नगरेको र चेक बाउन्स गरेको आरोप लागेको छ ।
जैन जितेन्द्रमाथि दश वर्षअघि रविसँग ऋण लिएको आरोप छ । जुन रकम जैन जितेन्द्रले लामोसमय देखि फर्काएका छैनन् ।
रविले जैन जितेन्द्रलाई पैसा फिर्ता गर्न दवाव दिएपछि उनले सन् २०२१ डिसेम्बर ७ मा रविलाई ३४ लाखको १२ वटा चेक दिए । तर, २०२२ फेब्रुअरी ६ मा बैंकका अधिकारीले पत्र लेखेर चेक दिएको बैंक खातामा रकम नपाएको जानकारी गराए । यस विषयमा रविले जैन जितेन्द्रसँग कुरा गरे तर, उनको तर्फबाट कुनै जवाफ आएन ।
लामो समयसम्म कुनै प्रतिक्रिया नआएपछि रविले मंगलबार (२७ सेप्टेम्बर) मा जैन जितेन्द्रविरुद्ध मुद्दा दर्ता गरेका छन् । चेक बाउन्स भएदेखि रविले जैन जितेन्द्रसँग बारम्बार पैसा मागेका थिए । तर, जैन जितेन्द्रले पैसा नदिएपछि उक्त कुरा प्रहरी समक्ष पुगेको थियाे ।
यी घटनाले रविलाई मानसिक र आर्थिक रूपमा विचलित बनाएपछि उनले उजुरी दिएका हुन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्