
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतकाे तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्ताे अभिव्यक्ति दिनुभएकाे छ ।
बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको संकेत गर्दै शाखा अधिकृतकाे तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।
अर्थमन्त्री शर्माले भन्नुभयाे, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’
मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको उहाँले बताउनु भयाे ।
सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उहाँकाे भनाइ छ । सरकारले चालु आर्थिक वर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्