१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा प्रवेश गरे लगत्तै रवीन्द्र मिश्रले गरे राजसंस्थाकाे माग


1.521k
Shares

politics

काठमाडाैं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताउनु भएको छ । राष्ट्रपति जस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले मुलुकले संघीयता धान्नै नसक्ने जिकीर गर्नुभयो ।

राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गर्नु भयो । वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोप समेत लगाउनुभयो ।

आज दिउँसाे नै उहाँ राप्रपामा प्रवेश गर्नु भएकाे थियाे ।