१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सनी देओलको फिल्म ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ बक्स अफिसमा फ्लप

छैठौं दिनसम्म कति गर्‍यो व्यापार

2.223k
Shares

एजेन्सी । २३ सेप्टेम्बरमा रिलिज भएको भारतीय अभिनेता सनी देओलको ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ फिल्म बक्स अफिसमा फ्लप साबित भएको छ ।

राष्ट्रिय चलचित्र दिवसको अवसरमा रिलिज भएको चलचित्रले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छैन ।

फिल्मले बक्स अफिसमा दिनप्रतिदिन कमाई गरिरहेको छ । तर, राम्रो कमाई भने गर्न सकेको छैन् । योसँगै अब फिल्मको छैटौं दिनको कमाईको आँकडा पनि बाहिर आएको छ ।

आर बाल्कीको ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ बाट ठूलो पर्दामा फर्किएका सन्नी देओलका लागि पनि यो फिल्म राम्रो हुन सकेन । यसअघि करियरमा लगातार १२ पटक फ्लप हुने सन्नीको यो १३ औँ फिल्म हो, जुन फ्लपको कगारमा उभिएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्म २८ करोडको लागतमा बनेको हो ।

पहिलो दिन ३.०६ करोड कमाएर फिल्मलेको अवस्था छैठौं दिनमा नाजुक भएको छ । फिल्मले दोस्रो दिन २.०७ करोड, तेस्रो दिन २ करोड २५ लाख, चौथो दिन ८२ लाख, पाँचौं दिन ७५ लाख र छैटौं दिन ७० लाखको व्यापार गरेको थियो । यस्तो अवस्थामा फिल्मको कुल कलेक्सन ९.६५ करोड पुगेको छ ।

‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ एक रोमान्टिक साइकोप्याथ थ्रिलर फिल्म हो । फिल्ममा सन्नी देओल, दुल्कर सलमान, पूजा भट्ट र श्रेया धन्वन्तरीको मुख्य भूमिका रहेका छन् ।

आर बाल्की निर्देशित यस फिल्ममा सनीले प्रहरीको भूमिका निभाएका छन् । योसँगै गौरी शिन्दे, राकेश झुनझुनवाला, अनिल नायडू र डा जयन्तीलाल गडाले फिल्म निर्माण गरेका हुन् ।