१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रोग र किरा नियन्त्रणमा आएपछि सिन्धुलीमा जुनार उत्पादन बढ्दै


65
Shares

सिन्धुली । सिन्धुलीमा जुनारको फल कुहाउने मिनास्क किरा नियन्त्रण प्रभावकारी बन्दै जान थाले पछि किसानहरू जुनार खेती प्रति पुनः आकर्षित हुँदै जान थालेका छन् ।

केहीवर्ष यता फल कुहाउने रोगको संक्रमणले पीडित बनेका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रूपमा रोग नियन्त्रण गर्ने अभियान पछि यहाँ जुनारको उत्पादन बढ्दै गएको छ ।

रोग किरा नियन्त्रण गर्ने अनुन्धानात्मक प्रयास सफल हुँदै जान थालेपछि विगतका वर्षहरूको तुलनामा यसवर्ष जुनार बिक्रि बढ्दै गईरहेको किसानहरु बताउँछन् ।

करिब ४ वर्ष अगाडिदेखि सुन्तला जातको फल जुनारमा चाईनिज सिट्रस जातको मिनास्क किराको प्रकोपले जुनार कुहाउने र औँसा पार्ने गरेका कारण जुनार प्रजातिको फलकै वंशनास हुने अवस्था देखिएको थियो ।

त्यहाँ कुल ३ हजार २ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएपछि यसवर्ष करिब ११ हजार मेट्रिक टनको हाराहारीमा जुनार उत्पादन गर्ने अनुमान गरिएको छ ।