
काठमाडौं । माछापुच्छ्रे बैंकले एनएचसीएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।
चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
यो अफर असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागू रहने पनि बैंकले जनाएको छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १ सय रुपेयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्