
बारा । बाराको सिमरामा मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको छ ।
सिमरा बिजनेस सेन्टरको व्यवस्थापनमा करिब १८ करोड रुपैयाँको लागतमा उच्च प्रविधिको मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको हो ।
दुई सय दर्शकले एकै पटक हेर्न मिल्ने मल्टिप्लेक्स हलमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म दैनिक १० शो सञ्चालन हुनेछ ।
मुभिजका सञ्चालक सुदिप लामाले तेस्रो मुलुकहरुबाट आयातित उच्च प्रविधिका प्रोजेक्ट र अत्याधुनिक साउण्ड सिस्टम सहितकोे स्क्रिन रहेको मल्टिप्लेक्समा दर्शकले लक्जरियस अनुभवमा फिल्म हेर्न सक्ने बताउनु भयो ।
केएसआर मुभिज पूर्व श्रम मन्त्री किसन श्रेष्ठ, नायक प्रदिप खडका, नायिका क्रिस्टिना गुरुङ्ग, निर्माता सन्तोष सेन, चलचित्रकर्मी युवराज लामा, लगायतकाले संयुक्त रुपमा हलको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्