
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ ।
संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।
संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दशैँ, तिहार तथा छठपर्वको अवसरमा डीडीसी घ्यूमा रु. ५०, पनिरमा रु. २०, चिज (सबै)मा रु. २० र दहीमा रु. १० सहुलियत प्रदान गरिएको जानकारी दिनुभयो ।
उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउने छन् । प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्