
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न बन्ध्याकरण अभियान सुरु गरेको छ ।
शहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुहरुलाई आक्रमण गर्ने जोखिम बढेकाले न्यूनीकरण गरी सडक कुकुर नियन्त्रण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सन्धिखर्क नगरपालिका पशु सेवा शाखा प्रमुख नारायण खनालका अनुसार सदरमुकाम सन्धिखर्कसँग जोडिएका वडा नम्बर १, २, ७ र वडा नम्बर १० को बिहार बजारमा रहेका करिब १ सय २० कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्वको खोप समेत दिइने छ ।
प्रतिक्रिया दिनुहोस्