१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीको धनसरी गाउँमा सिंचाईकाे अभाव


39
Shares

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको टाडीमा रहेकाे समथर तथा रमणीय धनसरी गाउँमा सिंचाई सुविधा हुन नसक्दा स्थानीय बासीन्दाहरुको दैनिक जीवनयापनमा समस्या देखिएको छ ।

पूर्वपश्चिम चुरे पहाडको उत्तरतर्फको काखमा अवस्थित धनसरी गाउँ समुद्रीसतहबाट १ सय मिटरको उच्चाईमा रहेको छ ।धान, गहु, मकै, तोरी, तेलहन र दलहन लगायतका सबै बाली तथा तरकारी खेती समेत उत्पादन हुने मल-माटो भएको धनसरीमा हिउँद वर्षैभरी सिंचाईको सुविधा उपलब्ध गराउन सके पर्याप्त आम्दानी गर्न सकिने थियो ।

उष्णा प्रदेशीय जलवायु भएको याे गाउँमा सिंचाई सुविधा भएको भए कृषि पेशाका लागि उपयुक्त हुने थियाे । तर सिंचाई सुविधाबाट भने त्यहाँका किसानहरु हालसम्म वञ्चित नै रहेका छन् । सरकारी स्थानीय निकाय दुधौली नगरपालिका, सिंचाई डिभिजन कार्यालय तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले धनसरी गाउँको समग्र विकासका लागि सिंचाई सुविधा पुर्याउन सके कायापटल हुने थियो ।

धनसरी गाउँ वरपर वन जंगलहरु समेत पर्याप्त रुपमा भएकाले पशुपालनका लागि समेत उपयुक्त मानिन्छ । तर वर्षे सडक सिंचाईको सुविधाबाट वञ्चित सोही गाउँका किसानहरु भने सरकारी निकायको उपेक्षमा परेको बताउदै आईरहेका छन् ।

धनसरी गाउँमा हिउँद र वर्षायाममा समेत यातायात संचालन हुन नसक्दा स्थानीय किसानहरुलाई मल बीउ तथा कृषिजन्य सामग्रीहरुको ढुवानीका लागि समेत समस्या रहेको स्थानीय माधव कार्कीले बताउनुभयाे ।