१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीको धानबालीमा रोगको प्रकोप


39
Shares

म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ ।

बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान बालीमा रोग लागेको हो ।

धान बालीमा हल्का खैरो रङका पुतली जस्तो कीरा लागेको र धानको पात सुक्दै गएको किसानहरुले बताएका छन् ।

धानमा कीराको आक्रमणपश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने गर्दछ । जसका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसानचिन्तित बनेको स्थानीयबासिन्दाहरुको भनाइरहको छ ।

कृषकहरुका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो, खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ ।