२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा गठबन्धनका कारण कांग्रेसमा भाड-भैलो


702
Shares

स्याङ्जा । स्याङ्जामा गठबन्धनका कारण नेपाली कांग्रेसमा भाड भैलो भएको छ ।

गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा राम्रो पकड कायम राख्न सफल कांग्रेसलाई प्रदेश र संघको गठबन्धनले भने नराम्रोसँग प्रभावित गरेको हाे । जिल्लाको पहिलो मत प्राप्त गरेकाे कांग्रेसलाई नेकपा माओवादीको हैसियत भन्दा बढीको मागले तनाव दिएको नेपाली कांग्रेस स्याङ्जाले आरोप लगाएकाे छ। अझै कांग्रेसको सबै भन्दा धेरै मतभार भएको प्रदेशमा माओवादीकाे दावीले जिल्लाको गठबन्धन धरापमा पर्ने भएकाे छ ।

यसलाई मत बिनाको माओवादीकाे दावीले नेकपा एमाले जिताउने रणनीति हुन सक्ने आंकलन समेत कांग्रेसका यूवा नेता एवं महाधिवेशन प्रतिनिधि इन्द्र रिजालले बताउनुभयो । स्याङ्जाका कांग्रेस नेताहरू प्रदेश-१ मा (क) र (ख) माथि माओवादीकाे दावी कायम रहे स्याङ्जामा गठबन्धन भत्कने दावी समेत गरेका छन् । साेही विषयमा केन्द्रीय नेतृत्वलाई समयमै विचार पुर्याउन बुद्धिमानी हुने कार्यकर्ताहरुले आग्रह समेत गरेका छन् ।

गत स्थानीय तहकाे निर्वाचनमा जहाँ माओवादीसँग गठबन्धन गरिएको थियो । पालिकाहरुमा कांग्रेसका मेयर र उपमेयरले निर्वाचनमा पराजित भएकाे र जहाँ कांग्रेस एक्लै निर्वाचन लडेको थियो । साेही स्थानमा भने राम्रो मतका साथ कांग्रेसले निर्वाचन जितेको थियो । एकातर्फ एमाले विभाजनको असर स्याङ्जामा खासै नपर्नु र माओवादीको संगठन कमजोर हुनुले स्याङ्जामा गठबन्धन नै आवश्यक नरहेको अधिकांश कांग्रेस कार्यकर्ताहरुले तर्क गरेकाे कांग्रेसका युवा नेता एवं प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो ।

यता प्रदेश-१ ख मा आज (शुक्रबार) विरोध कार्यक्रम समेत गरिएको छ । भीरकोट लगायतका ठाउँमा माओवादी तथा अन्य पार्टीलाई सोही प्रदेश छोड्न नसकिने भन्दै विरोध कार्यक्रम गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवालाई विरोध सम्बन्धीको ज्ञापनपत्र समेत बुझाईएको कांग्रेस भीरकोट नगरपालिकाका सभापति यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो ।

स्याङ्जा–१ मा कांग्रेसका ८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । जिल्ला सभापति राजु थापा, केन्द्रीय उपसभापति धनराज गुरुङ र पूर्वउपसभापति गोपालमान श्रेष्ठ लगायत ८ जनाको नाम सिफारिस भएको छ । तर श्रेष्ठले समानुपातिक रोजेपछि यहाँ गुरुङ र थापालाई उम्मेदवारको मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

यद्यपि उपसभापति गुरुङले स्याङजा–२ बाट पनि उम्मेदवार हुने आकांक्षा राखेको पाइन्छ । त्यहाँबाट १० जनाको नाम सिफारिस भएको थियो । जसमा खगेन्द्रराज रेग्मीको नाम एक नम्बरमा रहेकाे छ । त्यस्तै, वर्तमान सांसद मोहनप्रसाद पाण्डे, भगतप्रकाश मल्ल र भोजराज अर्याल लगायतको नाम सिफारिस भएको जनाइएकाे छ ।