१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक किनारामा दूध बिक्री वितरणमा रोक


91
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई दर्ता गर्नको लागि निर्देशन दिएको पनि बताउनुभयो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित र स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय गरीएको पनि जानकारी दिनुभयो ।

बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध बिक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याउन कार्यदल गठन गरेको पनि जानकारी दिनुभयो । उपप्रमुख अर्यालले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।